जलपाइगढी जिल्ला स्वास्थ्य विभागको प्रशासनिक भवनमा आगलागी, कागज-पत्रहरू जलेर भष्म

जलपाइगढी: जलपाइगढी जिल्ला अस्पतालमा स्वास्थ्य विभागको प्रशासनिक भवनको रेकर्ड रूममा आगो लागेर त्यहाँका सबै कागज-पत्रहरू जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार, आज बिहान जिल्ला स्वास्थ्य विभागका कर्मचारीहरूले प्रशासनिक भवनको रेकर्ड रूममा कालो धुवाँ निक्लेको देखेपछि यसबारे दमकल विभागलाई जानकारी गराए। खबर पाउन साथ दमकलको तीनवटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौसम्मको प्रयास पछि आगोलाई नियन्त्रणमा ल्याइयो। तथापि यस अवधि सबै कागज पत्रहरू आगोले जलेको बताइएको छ। अर्कोतिर, घटनाको जानकारी पाउन साथ जिल्ला मुख्य स्वास्थ्य अधिकारी, उत्तर बंगालका ओएसडी लगायत अन्य अधिकारीहरू घटनास्थलमा आइपुगेका थिए। स्मरण रहोस, जलपाइगढी जिल्ला अस्पतालमा जिल्ला मुख्य स्वास्थ्य अधिकारी अनि उत्तर बंगालको ओएसडी-को कार्यालय पनि रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *