जलपाईगढी टिस्टा नदी संलग्न इलाकाहरूमा रेड अलर्ट जारी

जलपाईगढी : जिल्ला सिँचाई विभागले जलपाईगढी टिस्टा नदी संलग्न इलाकाहरूमा रेड अलर्ट जारी गरेको छ। प्राप्त जानकारी अनुसार मयनागढीको डोमहोनीदेखि बङ्ग्लादेश सीमासम्म रेड अलर्ट जारी गरिएको छ। तथापि, सिँचाई विभागले मानिसहरूलाई आतङ्कित नहुने अपील गरेको छ। स्मरण रहोस्, गत केही दिनदेखि पहाड़ी इलाकाहरूमा अधिक वर्षा भइरहेकोले गर्दा टिस्टा नदीको जलस्तर निक्कै बढ़ेर गएको छ। टिस्टा संलग्न क्षेत्रहरूमा पहिला पहेँलो अलर्ट जारी गरिएको थियो भने आज बिहानदेखि रेड अलर्ट जारी गरिदिएको छ। अर्कोतिर, जलपाईगढी सिँचाई विभागका अधिकारी शान्तनु धरले मानिसहरूलाई आतङ्कित नहुने अपील गर्दै टिस्टा नदीको सबै बाँधहरू सुरक्षित रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *