जलपाईगढी टाउन स्टेसनमा किसान रेलको उद्घाटन

जलपाईगढी : किसान रेल परिसेवा आजदेखि शुरू भयो। जलपाईगढीबाट आलु लिएर उक्त किसान रेल अगरतलाको लागि प्रस्थान गर्यो। जलपाईगढी टाउन स्टेसनमा जलपाईगढीका सांसद जयन्त कुमार राय र रेलवे अधिकारीहरूले आज उक्त ट्रेनको उद्घाटन गरे। उक्त रेल परिसेवा शुरू भएपछि कृषकदेखि लिएर साधारण मानिसहरूमा खुसीको लहर छाएको छ। प्राप्त जानकारीअनुसार जलपाईगढीबाट उत्पादन गरेको फसलहरू अन्य राज्यमा लैजान कृषकहरूको निक्कै रुपियाँ खर्च हुने गर्दथ्यो।


यसले गर्दा कृषकहरूले आफ्नो उत्पादित फसलको उचित मूल्य पाउँदैन थिए। यसैले गर्दा किसान रेल परिसेवा शुरू गरिएको हो। रेलवे विभागले दिएको जानकारीअनुसार किसान रेलमा मोठ 18 वटा बग्गी रहेको छ भने प्रत्येक बग्गीमा 24 टन आलु पठाउन सक्नेछ। हाल उक्त किसान रेल सप्ताहमा एकदिन मात्र चल्नेछ। त्रिपुराबाट आलुको डिमान्ड आएकोले किसान रेलको माध्यमद्वारा आलु त्रिपुरा पठाइएको हो। पछि अन्य राज्यमा आलुको माग गरेको खण्डमा ती राज्यहरूमा पनि ट्रेनमार्फत् आलु पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *