जलपाईगढीमा ट्याङ्करको धक्का लागेर बाइकमा सवार युवकको मृत्यु

जलपाईगढी : जलपाईगढीको रानीनगर इलाकामा ट्याङ्करको धक्का लागेर बाइकमा सवार एकजना युवकको मृत्यु भएको छ। मृतक युवक 25 वर्षीय साबीर अलीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार साबीर अली हिजो राति काम सकेर बाइकमा सवार भएर घर फर्किरहेको समय रानीनगर इलाकाको राष्ट्रिय राजमार्गमा पछिल्तिरबाट आइरहेको एउटा 10 चक्के ट्याङ्करले धक्का दिँदा घटनास्थलमै तिनको मृत्यु भएको छ। घटनापछि उक्त ट्याङ्कर घटनास्थलबाट भागेको बताइएको छ। घटनाको खबर पाएर कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि जलपाईगढी सुपर स्पेसिलिटी अस्पतालमा पठाउनको साथै ट्र्याङ्करको खोजी शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *