जलपाईमोड ट्राफिक गार्डको पहलमा ‘सेफ ड्राइभ सेभ लाइफ’ कार्यक्रम पालन

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको जलपाईमोड ट्राफिक गार्डको पहलमा आज सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम पालन गरियो। उक्त कार्यक्रम अवधि सिलगढीको उत्तरकन्या मोड भएर आवतजावत गर्ने वाहनहरूमा सेफ ड्राइभ सेभ लाइफको स्टिकर लगाइदिनको साथै वाहन चालकहरूलाई विविध सचेतनतामूलक परामर्श दिइयो। यस अवसरमा ट्राफिक एसआई पार्थ पाल, एसआई रञ्जित राय, एएसआई प्रदीप भौमिक, ओसी मुक्तादूर रहमान लगायत अन्य पुलिस कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *