जल परियोजनामा 3 करोड घोटाला भएको अभियोग

खरसाङ: खरसाङको बरबुङ्ग बस्तीको जल परियोजनामा 3 करोड रूपियाँको घोटाला भएको अभियोग उठेको छ। गोरामुमो जनचेतना संघर्ष समितिले गरेको दावी अनुसार बरबुङ्ग बस्तीको जल परियोजनामा घोटाला भएको स्थानीय बासिन्दाहरुको अभियोगको आधारमा तिनीहरूले उक्त घटनास्थलको निरीक्षण गरेको बताइएको छ। जीटीए चेयरम्यान तथा गोजमुमो महासचिव अनित थापा आफ्नै क्षेत्र खरसाङको बरबुङ्ग बस्तीमा यस किसिमको लापर्वाही हुँदा समेत चुपचाप बसेको जनचेतना संघर्ष समितिले आरोप लगाएको छ। गोजमुमो विनय खेमाको नयाँ सोंच र नयाँ बिचारमाथि गोरामुमो जनचेतना संघर्ष समितिले यसबारे प्रश्न गर्दै उक्त जल परियोजनामा व्यापक घोटाला भएको मन्जिला तामाङले पत्रकारहरुलाई जानकारी दिएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *