जल्पेश मन्दिर गइरहेका 10 जना श्रद्धालुको मृत्यु, 16 घाइते

कुचबिहार : जलपाईगढीको जल्पेश मन्दिरमा भगवान शिवलाई जल चढाउन गएको समय जेनेरेटरमा सर्ट सर्किट हुँदा 10 श्रद्धालुहरूको मृत्यु भएको छ भने अन्य 16 जना घाइते भएका छन्। उक्त दुर्घटना गत अबेर राति च्याङ्गराबन्दा इलाकामा घटेको हो। मर्नेहरू शीतलकुची विधानसभा इलाका निवासी शुभङ्कर बर्मन, स्वपन बर्मन, बादल बर्मन, विशाल तिर्की, विभाश बर्मन, विक्रम वैश्य, बापी बर्मन, लक्ष्मण बर्मन, मानव बर्मन र सुशान्त बर्मन सामेल छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार कुचबिहारको शीतलकुचीबाट लगभग 25-30 जना श्रद्धालुहरू एउटा पिकअप भ्यानमा सवार भएर जल्पेश मन्दिरमा गइरहेको समय च्याङ्गराबन्दाको धरला पुल पार गरेपछि जेनेटरबाट वाहनमा सर्ट सर्किट हुँदा वाहनमा सवार श्रद्धालुहरू घाइते भएपछि वाहन चालकले तत्कालै तिनीहरूलाई च्याङ्गराबन्दा अस्पतालमा लगे तापनि चिकित्सकहरूले तीमध्ये 10 जनालाई मृत घोषित गरिदिए। हाल अन्य घाइतेहरूको जलपाईगढी सुपर स्पेसालिटी अस्पतालमा उपचार चलिरहेको छ। उक्त घटनाले शीतलकूची इलाकामा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes