जलपेश मन्दिर गइरहेको पिकअप भ्यान पल्टिँदा एउटी महिलाको मृत्यु, 20 जना घाइते

कुचबिहार : जलपेश मन्दिर गइरहेको समय माथाभाङ्गा बेङ्गल दई इलाकामा एउटा पिकअप भ्यान अनियन्त्रित भएर पल्टिँदा एउटी महिलाको मृत्यु भएको छ भने अन्य 20 जना घाइते भएका छन्। मृतक महिला सुष्मिता बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान लगभग 20-25 जना श्रद्धालुहरू एउटा पिकअप भ्यानमा सवार भएर जलपेश मन्दिर गइरहेको समय माथाभाङ्गा बेङ्गाल दई इलाकामा पिकअप भ्यान अनियन्त्रित भएर पल्टिँदा एउटी महिलाको मृत्यु भएको छ भने अन्य 20 जना घाइते भएका छन्। घटनापछि घाइतेहरूलाई उद्धार गरेर माथाभाङ्गा महकुमा अस्पतालमा लगियो। घटनाको खबर पाएर माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *