जलपेश मेलाको विधिवत् उद्घाटन गरे पर्यटनमन्त्री गौतम देवले

जलपाईगढी : उत्तरबङ्गालको चर्चित शिव तीर्थ हो जलपेश। प्रत्येक वर्ष शिव चर्तुदर्शीमा जलपेश मेलाको आयोजना गर्ने गरिन्छ। राज्यका पर्यटनमन्त्री गौतम देवले आज उक्त जलपेश मेलाको विधिवत् उद्घाटन गरे। यस अवसरमा पछौटे वर्ग कल्याण विभागका मन्त्री विनय कृष्ण बर्मन पनि उपस्थित थिए। शिव चर्तुदर्शीको उपलक्ष्यमा हजारौँ संख्यामा भक्तजनहरू भगवान शिवको पूजा गर्नको साथै जल तथा दुध चढ़ाउन आउने गर्दछन्। आज जलपेश मेलामा आएका मानिसहरूको लागि जलपाईगढी जिल्ला पुलिसको तर्फबाट पुलिस क्याम्पको आयोजना गरेको साथै 24 घण्टासम्म तीनजना डीएसपी मेला स्थलमा रहने बताइएको छ। यसको साथै विराट पुलिस वाहिनी पनि मेला स्थलमा तैनाथ गरिएको छ। आज बिहानैदेखि उक्त ऐतिहासिक शिव तीर्थमा उत्तरबंगालका विभिन्न ठाउँहरूबाट हजारौँको संख्यामा मानिसहरूको घुइँचो लागेको देखियो भने भोलि अझ अधिक मानिसहरूको भीड हुने जलपेश मन्दिर कमिटीका सदस्यहरूले बताए। मैनागुढी इन्दिरा मोडमा एउटा पुलिस असिस्टेन्ट बुथ बनाइएको साथै मैनागुढी थानाको तर्फबाट सुरक्षालाई केन्द्र गरेर विशेष नजर राखिरहेको छ। यसको साथै सुरक्षालाई केन्द्र गरेर सीसीटीभी मन्दिर परिसरमा जडान गरिएको मन्दिर कमिटीका सचिव गिरिन्द्रनाथ देवले बताए। उक्त मेलामा कृषि विभाग, जिल्ला शिल्प विभाग, एसजेडीएको तर्फबाट स्टलहरू लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *