जमिन विवादले घरमा आगो लगाइदिएको आरोप

कुचबिहार : जमिन विवादलाई लिएर आगो लगाइदिएको घटनाले माथाभाङ्गा 1 नम्बर ब्लकको पोचागढ ग्राम पञ्चायत इलाकाको तेकुनिया इलाकामा सनसनी मच्चिएको छ। प्राप्त जानकारी अनुसार धेरै दिन अघिदेखि भाइहरूमाझ जमिनलाई लिएर विवाद भइरहेको थियो। उक्त विवादको कारण भाइहरूले घर जलाइदिएको बरूण कुमार दासको आरोप रहेको छ। अर्कोतिर, तिनका भाइहरूले यी सबै आरोपहरू झुटो रहेको साथै बरुणले आफै घरमा आगो लगाएर आफूहरूमाथि झुटो आरोप लगाएको दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *