जमिन दखलमुक्त गर्ने विषयलाई केन्द्र गरेर सिलगढीको 40 नम्बर वार्डमा उत्तेजना, धेरैजना पुलिस हिरासतमा

सिलगढी : धेरै दिनदेखि मामिला चलेपछि अन्ततः हाईकोर्टको निर्देश अनुसार जमिनको असली मालिकले जमिन फिर्ता पाएका छन्। उक्त जमिनमा गैर कानुनी रूपमा बसोबास गर्दै आइरहेका मानिसहरूलाई हटाउने विषयलाई लिएर आज बिहानदेखि सिलगढीको 40 नम्बर वार्डको गौराङ्गपल्लीमा उत्तेजनाको माहौल देखापर्यो। घटनाक्रमअनुसार सिलगढी निवासी प्रतिभा साहाले धेरै दिनअघि गौराङ्गपल्लीको 1 बिघा जमिन दखल गरेको आरोप लगाउँदै हाई कोर्टमा मामिला दर्ता गरेकी थिइन्। उक्त जमिनमा केही घरहरू निर्माण गरिएको थियो। हाई कोर्टमा मामिला दर्ता भएको लगभग 4 वर्षपछि केही दिन अघि हाई कोर्टले प्रतिभा देवीको पक्षमा फसेला सुनाउँदै उक्त जमिनलाई दखलमुक्त बनाउने पुलिसलाई निर्देश दिएको थियो। भक्तिनगर थानाको विशाल पुलिस वाहिनी आज उक्त इलाकामा पुगेपछि त्यहाँ बसोबास गर्दै आइरहेका मानिसहरूले पुलिसलाई घेरेर विक्षोभ प्रदर्शन गरे। काममा बाधा दिएको आरोप लगाउँदै पुलिसले केही मानिसहरूलाई हिरासतमा लिएर भक्तिनगर थानामा लगेको बताइएको छ। प्रशासनले उक्त जमिनमा अवैध रूपमा निर्माण गरिएको घरहरू भत्काइदिएको छ धेरै वर्ष अघिदेखि जमिन किनेर उक्त इलाकामा बसोबास गर्दै आइरहेको उच्छेदकारी मानिसहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *