जमिनदाता जीवन राई र श्रीमती लक्ष्मी तामाङलाई सम्मान

खरसाङ (निसं) : घैयाबारी ग्राम सुधार समितिको धन्यवाद कार्यक्रम फुर्बा तामाङको अध्यक्षता र भिषण लामाको सञ्चालनमा सम्पन्न भयो। उक्त कार्यक्रममा ग्राम सुधार समिति घैयाबारीलाई समाज घर निर्माणको लागि जमीन दान गर्ने घैयाबारी निवासी जीवन राई र श्रीमती लक्ष्मी तामाङलाई धन्यवादसहित सम्मान जनाइयो। दुवै दम्पतिले समाज घर निर्माणको लागि आफ्नो जमीन दान गरेका छन्। कार्यक्रमलाई ग्राम सुधार समिति घैयाबारीको सचिव गणेश तामाङ, जमीनदाता जीवन राई, लक्ष्मी तामाङ र अन्यले सम्बोधन गरेका थिए। यस धन्यवाद कार्यक्रम विषयमा ग्राम सुधार समितिको सचिव गणेश तामाङले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *