जमिन जोत्ने पावर टिलर मसिनको प्रशिक्षण

बिजनबारी : खेतिपाती गर्नलाई अझ सहज तथा प्रभावकारी बनाउने उद्देश्य लिएर आज कृषि विभागको दिशानिर्देशमा बिजनबारी ब्लकको रेलिङ कैजले क्षेत्रको विभिन्न ग्राम पञ्चायतहरूमा जमिन जोत्ने मसिन पावर टिलरको सम्बन्धित विशेषज्ञहरूको उपस्थितिमा कृषकहरूलाई प्रशिक्षण गराइयो। यसै अन्तर्गत रेलिङ झेपी कैजले ग्राम पञ्चायतका विभिन्न स्थानहरूमा कृषकहरूलाई प्रशिक्षण गराइयो। कार्यक्रममा उपस्थित कृषकहरूलाई उक्त मसिनबारे विस्तृत रूपमा जानकारी गराउनको साथै कृषि विभागद्वारा सब्सिडीमा उक्त मसिन उपलब्ध गराइने मसिन विशेषज्ञले बताए। कार्यक्रममा जिल्ला कृषि अधिकारी युनुस लेप्चा, बिजनबारी कृषि विभागका प्रतिनिधि  लगायत गोजमुमो उपाध्यक्ष सतीश पोख्रेल, समष्टि सभापति शरण स्याङ्बो, कार्यकारी सभापति राजेन सुब्बा लगायत कृषकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *