जमिनको मामिलामा अझ एकजना भू-माफिया पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले एकजना भू-माफियालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सन्न्यासीकाटा निवासी ताजिउद्दीनको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको अनुसार भू-माफिया मेरीसित मिलेर ताजिउद्दीनले धेरै दिन अघिदेखि जमिनको मामिलामा मानिसहरूलाई ठग्दै आइरहेको थियो। गत 8 मईमा अभियोगको आधारमा पुलिसले मेरी र तिनको छोरा आइबुल इस्लामलाई पक्राउ गरेको थियो। यसपछि गत राति पुलिसले अभियान चलाएर ताजिउद्दीनलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *