जमीनको पर्जा-पट्टाबारे माकपा-को श्रमिक संगठन सीआईटीयु नेता सचिन खातीको प्रतिक्रिया

खरसाङ (निसं) : चियाबारीमा बसोबासो गर्ने मानिसहरूलाई पश्चिम बंगाल सरकारद्वारा प्रदान गरिरहेको जमीनको पर्जापट्टा बारे माकपा-को श्रमिक संगठन सीआईटीयु नेता सचिन खातीले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। तिनले यसबारे अवगत गराउँदै माकपाको श्रमिक संगठन सीआईटीयु-ले विगत धेरै वर्षदेखि चिया बगानमा बसोबासो गर्ने मानिसहरूको जमीनको अधिकारको कुरा गरिरहेको जनाए। तिनले भने, हामीले केवल चिया श्रमिकहरूको मात्र नभएर चियाबारीमा बसोबासो गर्ने सबै मानिसहरूको जमीनको अधिकार दिनुपर्छ भनेर मांग गरिरहेका छौँ। हामीले 2014 देखि ठूल्ठूला मञ्चबाट यसको आवाज उठाएका हौँ। यसमा सबै ट्रेड युनियनहरूले एकसाथ भएर यो आवाज उठाइरहेका छन्। तर अचानक हिजअस्ती राज्य सरकार अनि जीटीए चलाउनेहरूले पर्जापट्टा दिने घोषणा गरे जुन अचम्मलाग्दो छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *