जमीनको पर्जापट्टाको लागि खरसाङको रोहिणीवासीले गरे सामुहिक रूपमा आवेदन

खरसाङ (निसं): विगत धेरै वर्षदेखि जमीनको पर्जापट्टाको लागि संघर्ष गरिरहेका खरसाङको रोहिणीवासीले अझसम्म पर्जा पट्टा पाएका छैनन्। जमीनको पर्जापट्टा विषयमा रोहिणीवासीले आज रोहिणी ल्याण्ड राइट्स मञ्चको अगुवाईमा खरसाङ खण्डको भूमि अनि भूमि सुधार विभागको कार्यालयमा आएर सामुहिक रूपमा रूपमा आवेदन बुझाएका छन्। यसावधि रोहिणी ल्याण्ड राइट्स मञ्चका प्रतिनिधिहरूले खरसाङ खण्डको भूमि एवं भूमि सुधार विभागका अधिकारीहरूलाई भेट गरी ज्ञापन दिने कार्य गरेका छन्।


यस अवसरमा सबैले व्यक्तिगत रूपमा आवेदन बुझाएका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै रोहिणी ल्याण्ड राइट्स मञ्चको पक्षबाट सचिन खाती र मिलन रसाइलीले विगत धेरै वर्षदेखि रोहिणीवासीले जमीनको पर्जापट्टाको माग गर्दै आए पनि अहिलेसम्म पनि नपाएको जनाएका छन्। रोहिणीवासीले जमीनको पर्जापट्टाको माग गर्दै आज पनि यहाँ आएर सामुहिक रूपमा जमीनको पर्जापट्टाको लागि आवेदन गरेको जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *