जमीनको पर्जापट्टाको मागमा रोहिणी भूमि अधिकार मञ्चको सभा

खरसाङ: रोहिणीवासीको दीर्घकालीन माग जमीनको पर्जापट्टा प्राप्त नभएकोले आज रोहिणी भूमि अधिकार मञ्चको आयोजनामा यहाँको चौधवटा गाउँका मानिसहरूलाई लिएर मणि कुमार थापाको सभापतित्वमा एउटा सभा सम्पन्न भयो। सभामा मुख्य वक्ताको रूपमा बोल्दै रोहिणी भूमि अधिकार मञ्चका सभापति सचिन खातीले वर्षौँदेखि प्राप्त नभएको तिनीहरूको जमीनको पर्जापट्टाको मागमा आगामी 8 जनवरी 2021-को दिन रोहिणीवासीले दार्जिलिङ सहरदेखि जिल्ला शासक कार्यालयसम्म पैदल यात्रा गरेर सम्पूर्ण पहाड़वासी अनि सरकारलाई तिनीहरूको समस्याबारे जानकारी गराउनको साथै त्यस दिन रोहिणीवासीले यस प्रकारको कार्यक्रम गरेर एउटा इतिहास कोर्नेछन् भनी तिनले बताए। रोहिणीवासीको दिर्घदिनदेखिको माग जमीनको पर्जापट्टा दिलाउनको निम्ति न त सरकारले ध्यान दिए न त यहाँका राजनेता र जन प्रतिनिधिहरूले आफ्नो रुचि देखाएको बताउँदै तिनले अब आफ्नो हक र अधिकारको निम्ति आफै जागरुक अनि सक्रिय हुनुपर्छ भन्ने आह्वान गरे। यसको साथै आगामी 8 जनवरीको दिन सम्पूर्ण रोहिणीवासीले दार्जिलिङ जिल्ला शासक कार्यालय घेराउ गरेर उक्त दिनलाई रोहिणीवासीले एउटा ऐतिहासिक दिन बनाउने तिनले आग्रह गरे। आजको सभा सरकार, विभाग, राजनीति दल र प्रशासनहरूलाई रोहिणीवासीको मागलाई अवगत गराउन यहाँ राखिएको जनाउँदै रोहिणीवासीले आफ्नो जमीनको पर्जापट्टा नभएकै कारण धेरै दुःख पाएको तिनले बताए। सभामा अन्य वक्ताहरूले रोहिणी भूमि अधिकार मञ्चको नेतृत्वमा जमीनको पर्जापट्टाको मागमा धेरै सङ्घर्ष गरिए तापनि आजसम्म तिनीहरूको माग पुरा नभएकोमा दुःख व्यक्त गरे। सभालाई प्रेम तामाङ, माइला गोले, गजेन प्रधान, शेखर खवास, ब्रिटिश प्रधान, राजमान राई, सुदीप गुरूङ,रबी गुरूङले पनि सम्बोधन गरेका थिए। सभा हुनुअघि स्थानीय मानिसहरूले तिनीहरूको जमीनको मांगमा नारा लगाउँदै जुलुस पनि निकाले जसको नेतृत्व गजेन प्रधानले गरेका थिए। मिलन रसाईलीले सञ्चालन गरेको सभालाई प्रेम तामाङ, माइला गोले, गजेन प्रधान, शेखर खवास, ब्रिटिश प्रधान, राजमान राई, सुदीप गुरूङ, रबी गुरूङले पनि सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes