जमिनको पट्टाको माग गर्दै 12 अक्टोबरमा विरोध र्‍याली निकालिइने

सिलगढी : पश्चिमबंग बस्ती उन्नयन समिति दार्जिलिङ जिल्ला र सीटु दार्जिलिङ जिल्लाको तर्फबाट आगामी 12 अक्टोबरको दिन एनजेपीमा एडीआरएमलाई एउटा ज्ञापन पत्र चढाउने भएको छ। आगामी 12 अक्टोबरको दिन पश्चिमबंग बस्ती उन्नयन समिति दार्जिलिङ जिल्ला र सीटु दार्जिलिङ जिल्लाले तीनबत्ती मोड़बाट एउटा विरोध र्‍याली निकाल्ने भएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पश्चिमबंग बस्ती उन्नयन समितिका जिल्ला सचिव दिलीप सिंहले यसबारे जानकारी गराएका छन्। रेलवे जमिन बसोबास गर्दै आइरहेका मानिसहरूलाई चाँडै जमिनको पट्टा दिने व्यवस्था गरिनुपर्ने मागलाई लिएर आगामी 12 अक्टोबरको दिन एनजेपीमा एडीआरएम कार्यालयअघि विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको तिनले बताए। यसबाहेक रेलवे स्टेशनमा व्यवसाय गर्दै आइरहेका हर्करहरूले हाल व्यापार गर्न नपाएकोले यसको विरोधमा पनि प्रतिवाद गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *