जमिनलाई लिएर विवाद हुँदा भाइद्वारा दाजुलाई छुरीले प्रहार

फाँसीदेवा : जमिनलाई लिएर विवाद हुँदा दाजुलाई धारिलो हतियारले प्रहार गरेर भाइले सुइँकुच्चा ठोकेको घटना प्रकाशमा आएको छ। उक्त घटना फाँसीदेवा ब्लकको घोषपुकुर प्रतिमोहन जोत गाउँमा घटेको हो। घाइते व्यक्ति अमूल्य सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार धेरै दिन अघिदेखि पैतृक सम्पत्तिलाई लिएर दुई दाजु-भाइबीच विवाद चलिरहेको थियो। आज फेरि दुई दाजु-भाइबीच विवाद हुँदा हातापाई समेत भयो। यसपछि भाइ निर्मल सिंहले दाजुको भुँडीमा छुरीले प्रहार गरेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगेर प्राथमिक उपचारपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर फाँसीदेवा घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *