जमिन र घर दखल गर्न वृद्धा आमालाई कुटपीट गरेको छोराविरुद्ध अभियोग

सिलगढी : जमिन र घर दखल गर्नको लागि वृद्धा आमालाई कुटपीट गरेको छोराविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 24 नम्बर वार्डको देवाशीष कोलनी निवासी तुलसी हाजराको लोग्ने केही महिना अघि अस्वस्थ भएर मृत्यु भएको थियो। लोग्नेको मृत्युपछि जमिन र घर आफ्नो नाममा गर्नको लागि वृद्धाको छोरा बाबु हाजरा, तिनको स्वास्नी र छोरा-छोरीले वृद्धा आमालाई कुटपीट गर्ने गरेको आरोप रहेको छ। वृद्धा तुलसीले यसबारे सिलगढी थानामा अभियोग दर्ता गरे तापनि तिनीमाथि हुने अत्याचार भने कम्ती नभएको बताइएको छ। यसपछि हिजो जमिन दखल गर्ने विषयलाई लिएर झगडा हुँदा इलाकाका महिलाहरूले वृद्धालाई बचाउन जाँदा बाबु हाजराले झुटो मामिलामा फँसाउने इलाकावासीहरूलाई धम्की दिएको तिनीहरूको आरोप रहेको छ। इलाकावासीहरूले गत राति यसबारे सिलगढी थानामा एउटा ज्ञापन पत्र सुम्पिएपछि आज बिहानैदेखि वृद्धाका छोरा बाबु हाजरा र तिनको स्वास्नी घरमा नरहेको बताइएको छ। वृद्धाले बताएअनुसार लोग्नेको मृत्युपछि तिनले जमिन र सम्पति 4 जना छोराहरूलाई गरिदिन चाहे तापनि तिनको ठुलो छोराले सबै जमिन तिनको नाममा गरिदिने तिनीमाथि दबाउ दिनको साथै अत्याचार समेत गरेपछि बाध्य भएर पुलिस समक्ष गुहार लगाएको जनाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *