जामिया विश्वविद्यालय घटनाको प्रतिवादमा एसएफआई-को ऱ्याली

सिलगढी : दिल्लीको जामिया मिलिया विश्वविद्यालयमा भएको घटनाको एसएफआई-ले विरोध जनाउँदै सडकमा ओर्लिएको छ। केन्द्र सरकारको सीएए, एनआरसी-को विरोध जनाउँदै गत 30 जनवरीको दिन जामिया मिलिया विश्वविद्यालयका विद्यार्थीहरूले निकालेको प्रतिवाद ऱ्यालीमा आरएसएसका एकजना दुष्कृतिले गोली चलाउँदा एकजना छात्र घाइते भएपछि हाल तिनी अस्पतालमा चिकित्साधीन अवस्थामा छन्। उक्त घटनाको विरोध जनाउँदै आज एसएफआई-ले सिलगढीको हाँसमी चोकबाट एउटा विक्षोभ ऱ्याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्नको साथै केन्द्र सरकारलाई धिक्कार जनाए। यस अवसरमा एसएफआई-का धेरै सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *