जामिया घटनाको प्रतिवादमा सिलगढीमा एसएफआई एवम् छात्र परिषद-को र्‍याली

सिलगढी : दिल्लीकोजामियामा सीएए-को विरोधमा भएको शान्ति र्‍यालीमा भाजपा र आरएसएसका समर्थकद्वारा गोली चलाएको आरोपमा बिहिबार एसएफआई एवम् छात्र परिषदले संयुक्त रूपमा सिलगढीमा धिक्कार मशाल र्‍याली निकाल्यो। उक्त र्‍याली सिलगढीको हाश्मी चौकबाट शुरू गरेर मुख्य सड़कहरूको परिक्रमा गरेपछि पुनः हाश्मी चौकमा पुगेर समापन गरियो। यसपछि गृहमन्त्री अमित शाहको पुतला दहन गरियो। र्‍यालीमा दार्जिलिङ जिल्ला एसएफआईका अध्यक्ष सागर शर्मा, सचिव शङ्कर मजुमदार, छात्र परिषदका अध्यक्ष शाहनवाज हुसेन, उपाध्यक्ष मोहम्मद इमरानलगायत अन्य छात्र नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *