जामको समस्या समाधान गर्न सडकमा ओर्लिए वार्ड को-अर्डिनेटर नान्टु पाल

सिलगढी : सिलगढी नगरनिगमको 12 नम्बर वार्डको विधान रोड इलाकामा दिनहुँ जामको समस्या हुने गर्दछ। यसबारे ट्राफिक पुलिसले लगातार अभियान चलाए तापनि जामको समस्याको समाधान नभएपछि अन्ततः आज वार्ड को-अर्डिनेटर नान्टु पाल स्वयम् सडकमा ओर्लिए। जामको समस्या समाधान गर्ने उद्देश्य लिएर तिनले आज उक्त इलाकामा अभियान चलाउनको साथै सडक किनारमा अवैध रूपमा पार्किङ गरेर राखेका धेरैवटा चार चक्के वाहनहरू त्यहाँबाट हटाइदिए। 12 नम्बर वार्डको जामको समस्या समाधान एवम् अवैध पार्किङ विरुद्ध अभियानमा तिनले प्रशासनलाई सहयोग गरिदिने सबैसित अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *