जामको समस्या समाधान गर्न सिलगढीको खुदीरामपल्लीदेखि शिशिर भादुड़ीसम्म वान वे रोड गरिने

सिलगढी: सिलगढीको खुदीरामपल्ली, शिशिर भादुड़ी सरानी, रजनीबागान इलाकाको जाम तथा पार्किङ समस्या समाधानको लागि आउँदो शुक्रवारदेखि वन वे रोड गरिने भएको छ। सिलगढी नगर निगमको 11 नम्बर वार्ड अन्तर्गत उक्त इलाकामा अधिक ट्राफिक जामको समस्या तथा वाहनहरूको अवैध पार्किङले गर्दा यहाँ आउ-जाउ गर्नेहरूलाई समेत धेरै असुविधा भइरहेको जनगुनासो रहेको छ। उक्त समस्याको समाधान गर्ने प्रयास अगावैदेखि चलिरहे तापनि सो सम्भव नभएपछि आज पुन: यसलाई लिएर एउटा बैठक गरियो। यस अवसरमा वार्ड पार्षद मञ्जुश्री पाल, नान्टू पाल, बीसीडीए-का सचिव विजय गुप्ता सहित स्थानीय व्यवसायीहरू उपस्थित थिए। उक्त बैठकमा शुक्रवारदेखि उक्त इलाकामा कठोर सुरक्षा गार्ड तैनाथ गरिने निर्णय लिएको छ भने वन वे रोड गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *