जङ्गलबाट कङ्काल उद्धार गरेको घटनामा 2 जना पक्राउ

हेमिल्टनगञ्ज: कालचिनी ब्लकको हेमिल्टनगञ्ज रेञ्ज अन्तर्गत जङ्गलबाट कङ्काल उद्धार गरेको घटनाको एक दिनको अवधिमै पुलिसले 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मिलन उराव (19) र सञ्जु उराव (19) सामेल छन्। तिनीहरू दुवै हेमिल्टनगञ्जको फरवर्ड नगर निवासी हुन्। हिजो दिउँसो जङ्गलबाट मानव कङ्काल उद्धार भएको थियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको कङ्काल युवकको हो। वन्य प्राणीको हमलामा युवकको मृत्यु भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको थियो। जाँचमा जुटेका पुलिसले वन्य प्राणीको हमलामा युवकको मृत्यु नभएर कसैले युवकको हत्या गरेको थाहा पाए। मृतक युवकको नाम आदेश गोयल बताइएको छ। तिनी चाल्सा निवासी थिए। छठ पुजाको दिन हेमिल्टनगञ्जमा मेला घुम्न आएको समय तिनी निखोज भएका थिए। छिनताई गर्ने उद्देश्यले उक्त युवकको हत्या गरेको पुलिस सूत्रले जनाएको छ। आरोपी दुई युवकलाई कठोर सजाय दिनुपर्ने मृतककको परिवारका सदस्यहरूले माग गरेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *