जङ्गली हात्तीको हमलामा दुई श्रमिक घाइते

मालबजार : जङ्गली हात्तीको हमलामा दुईजना श्रमिक घाइते भएका छन्। घाइते श्रमिकहरू मालबाजार महकुमाको कुमलाई चियाकमान निवासी हुन्। प्राप्त जानकारीअनुसार आज बिहान लगभग 9 बजी एउटा जङ्गली हात्ती तारघेरा जङ्गलबाट निस्केर कुमलाई चियाकमानमा पसेर उत्पात मच्चाउनको साथै हात्तीको हमलाले दुईजना श्रमिक घाइते भएको बताइएको छ। यसपछि घाइतेहरूलाई उद्धार गरेर जलपाईगुढी अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *