जङ्गली हात्तीको हमलामा व्यक्तिको मृत्यु

अलिपुरद्वार : जङ्गली हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति 45 वर्षीय दुलाल मजुमदारको रूपमा चिन्हित गरिएको छ। उक्त घटनाले फालाकाटाको मयराडाङ्गा ग्राम पञ्चायतको कुञ्जननगर इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार गत राति सुपारी बगान भत्काएको आवाज सुन्नसाथ दुलाल मजुमदार घरबाट बाहिर निस्कँदा जङ्गली हात्तीले तिनीमाथि हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *