जङ्गली हात्तीको ताण्डवले राजगञ्जको नाथुआ तट इलाकाका मानिसहरू समस्यामा

राजगञ्ज : राजगञ्ज बारोपाटिया अञ्चलको नाथुआ तट इलाकामा हात्तीको ताण्डवले मकै, बदामको खेती नष्ट गरिदिनको साथै केही घरहरू क्षतिग्रस्त पारिदिएको छ। यसले गर्दा इलाकावासीहरूले आतङ्कित बन्न पुगेको छ। स्थानीय सैकत दासले बताएअनुसार पाँच बीघा जमिनमा बदामको खेती गरेका थिए भने हात्तीले उत्पात मच्चाएर उक्त सबै फसलहरू नष्ट पारिदिएको छ। हात्तीको डरले गर्दा आफूहरू खेतमा लगाएको बदामको फसल काट्न समेत जान नसकेको बताए। यसको साथै तिनले दिएको जानकारीअनुसार हात्तीको ताण्डवले गर्दा लगभग 70 हजार रुपियाँको नोक्सान भएको छ। यसैगरी, श्यामल दास नाम गरेका अन्य एकजना कृषकले बताएअनुसार गत एक हप्तादेखि उक्त इलाकामा लगातार हात्ती पसेर उत्पात गरिरहे तापनि वन विभागको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको पोखेका छन्। गत राति पनि हात्तीको झुण्डले उत्पात मच्चाएर घर अनि फसल नष्ट गरिदिएको तिनले बताए। यसको साथै उक्त तटीय क्षेत्रका अन्य कृषकहरूले पनि यस प्रकारको अभियोग गरेका छन्। एकाति हात्तीले आतङ्क मच्चाइरहेको छ भने अर्कोतिर हात्तीको डरले कृषकहरूले खेतीमा लगाइएको फसलहरू काट्न नसकेकोले फसलहरू नष्ट भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *