जङ्गली हात्तीको उत्पातले आधा बिघा जमिनको धान नष्ट, चिन्तामा कृषक

अलिपुरद्वार : मदारीहाटको मेघनाथ साहा नगरमा जङ्गली हात्तीले उत्पात मच्चाएर लगभग आधा बिघा जमिनको धान नष्ट पारिदिएकोले कृषकहरू चिन्तित छन्। प्राप्त जानकारी अनुसार गत अबेर राति जलदापाडा राष्ट्रिय उद्यानको जङ्गलबाट एउटा जङ्गली हात्ती निस्केर आवासी इलाकामा पसेर ताण्डव मच्यायो। उक्त हात्तीले मादारीहाटको मेघनाथ साहा नगर निवासी गौतम मगरको लगभग आधा बिघा जमिनको धान नष्ट पारिदिएको बताइएको छ। घटनाबारे वन विभागलाई खभर दिएपछि जलदापाडा वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त हात्तीलाई जङ्गलतिर लखेटे। लगातार हात्ती गाउँमा पसेर खेतीपाती नष्ट गरिदिने गरेकोले खेती गर्न कठिन भइरहेको पीडित कृषक गौतम मगरले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *