जङ्गली हात्तीले ताण्डव मच्चाएर भत्काइदियो घर, भाग्यले बाँचे घरका सदस्यहरू

सिलगढी  डाबग्राम अन्तर्गत शियालडाङ्गी इलाकामा गत अबेर राति 2 बजी एउटा जङ्गली हात्ती इलाकामा पसेर ताण्डव मच्चायो। उक्त इलाकास्थित एउटा घर अघि जङ्गली हात्ती धेरैबेरसम्म बसिरह्‍‌यो। यसपछि उक्त जङ्गली हात्तीले घरको टीन भत्काइदिनको साथै घरमा राखेको चामल पनि खाइदिएको बताइएको छ। तथापि, उक्त घरका सदस्यहरूले कुनै प्रकारले आफ्नो ज्यान बचाउन सफल बने। घटनाबारे वनविभागलाई खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त हात्तीलाई जङ्गलतिर लखेटे। स्थानीय मानिसहरूले बताएअनुसार समय समयमा बैकुण्ठपुर जङ्गलबाट हात्तीहरू आवासीय इलाकामा आउने गर्दछ। गत अबेर राति पनि एउटा जङ्गली हात्ती इलाकामा पसेर घर भत्काइदिनको साथै घरमा राखेर चामल खाइदियो। उक्त इलाकामा प्रायःजसो हात्ती आउने गरेकोले गर्दा इलाकाका मानिसहरू आतङ्कित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbet