जङ्गपाना चियाबारीका कोरोना संक्रमित भएर मर्ने वृद्धाको मिशन श्वासका सदस्यहरूले गरे दाह संस्कार

खरसाङ: विनय-अनितपन्थी गोजमुमो अन्तर्गत रहेको मिशन श्वासका सदस्यहरूले कोभिड संक्रमित भएर निधन भएकी 73 वर्षीय वृद्धाको दाह संस्कार गरे। उक्त महिला जङ्गपाना चियाकमान निवासी थिइन् भने कोरोना संक्रमित भएर हिजो तिनलाई खरसाङ महकुमा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएको 3-4 घण्टाको अवधिमै उक्त संक्रमित महिलाको मृत्यु भएको थियो। आज मिशन श्वासका सदस्यहरूले पेमेन्द्र गुरूङको अगुवाईमा खरसाङ महकुमा अस्पतालबाट खरसाङको मुर्दाहट्टीमा लगेर मृतक महिलाको अन्तिम संस्कार गरेको जानकारी प्राप्त भएको छ। वृद्धाको शव अस्पतालको शव बोक्ने वाहन शान्ति वाहनमा मुर्दाहट्टी पुऱ्याइएको थियो। यस विषयमा युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति पेमेन्द्र गुरूङले पत्रकारहरूसित कुराकानी गर्दै हामीले अघिबाट नै कोभिड संक्रमित भएर मृत्यु भएकाहरूको अन्तिम संस्कार गर्ने कार्य गरिरहेका छौं। यसभन्दा अघि सिलिम पहाड़का एकजना व्यक्तिको अन्तिम संस्कार पनि गरेका थियौं र आज हामीले तीनधारे- महानदी समष्टि अन्तर्गत पर्ने जङ्गपाना चियाबारीका 73 वर्षीय संक्रमित वृद्धाको अन्तिम संस्कार गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *