जंगपाना चियाबारीमा 120 जनाको रेपिड एन्टीजेन्ट टेस्टमा 5 जना पोजिटिभ

खरसाङ : खरसाङ खण्ड अन्तर्गत तीनधारे- महानदी समष्टीको जंगपाना चियाबारीमा रेपिड एन्टीजेन्ट टेस्ट शिविरको आयोजना गरियो। उक्त शिविर सुकना खण्ड स्वास्थ्य केन्द्रको आयोजना र जंगपाना चियाबारीको प्रबन्धन पक्षको तत्वावधानमा सम्पन्न भयो। उक्त शिविरमा जम्मा 120 जनाको रेपिड एन्टीजेन्ट टेस्ट गरियो, जसमा 5 जनाको रेपिड एन्टीजेन्ट टेस्टको रिपोर्ट पोजिटिभ पाइएको छ। पोजिटिभ हुने सबैलाई दबाई दिएर होम आइसोलेशनमा राखिएको जानकारी प्राप्त भएको छ। यस रेपिड एन्टीजेन्ट टेस्ट शिविरमा सुकना खण्ड स्वास्थ्य केन्द्रबाट तक्निकी अधिकारीहरू आएका थिए भने हेल्थ सुपरभाइजर सरोजनी देवान, एएनएम अनम तामाङ लगायत जंगपाना चियाबारीको मेडिकल टीमबाट सन्तोष गुरूङ, सञ्जय राई र सृजना राई उपस्थित थिए। त्यसरी नै आशाकर्मीहरू जिना तामाङ र बबिना लामा पनि उपस्थित रहेको जंगपाना चियाबारीबाट सागर गुरुङले जनाएका छन्। तिनले जनाए अनुसार यो रेपिड एन्टीजेन्ट टेस्ट शिविर जंगपाना चियाबारीको तीनवटा समाजहरू आदर्श समाज, जागृति परिवार र प्रगति संघको सहभागितामा सम्पन्न गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *