जङ्गपाना चियाबारीमा भाजपा-को सभा तथा कमिटी गठन

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत जङ्गपाना चियाबारीमा भारतीय जनता पार्टीको सभा तथा कमिटी गठन गरियो। चक्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सभालाई बिनोद गुरुङले सञ्चालन गरेका थिए। सभामा भारतीय जनता पार्टी खरसाङ विधान सभा समष्टिका को-अर्डिनेटर दया देवान र महानदी ग्राम पञ्चायतका पञ्चायत सदस्या रञ्जना छेत्रीले वक्तव्य दिए।


 

दुवैले जङ्गपाना क्षेत्रमा भारतीय जनता पार्टीको सांगठनिक गतिविधि र क्रियाकलापहरू विषयमा आ-आफ्नो वक्तव्य राखे। सभामा भारतीय जनता पार्टीको खरसाङ क्षेत्रका प्रतिनिधिहरू साथै जङ्गपाना चियाबारी क्षेत्रका स्थानीय मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *