जंगपाना चियाबारीमा जूनियर हाई स्कुल भवन निर्माणको लागि शिलान्यास

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा जुनियर हाई स्कुल भवनको निर्माण कार्यको एजेन्सीका मुख्य व्यक्ति जगनाथ प्रसादले शिलान्यास गरे। आठौँ श्रेणीसम्मको लागि स्कुल भवन निर्माणको लागि भूमि पूजन कार्य सम्पन्न भयो। उक्त स्कुल भवनको निर्माण 57 लाख 81 हजार 5 सय 64 रुपियाँको लागतमा भइरहेको छ भने आगामी 8 महिनाको अवधिमा उक्त निर्माण कार्य पुरा गरिनुपर्ने छ। यस अवसरमा जंगपाना गाउँ-समाजहरू जागृति परिवार, आदर्श परिवार र प्रगति संघका प्रतिनिधिहरू उपस्थित थिए। यसैगरी, डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिका महासचिव सागर गुरुङ, डीटीडीपीएलयु-का जंगपाना युनिट कमिटीका सभापति सन्तोष गुरुङ, सचिव सन्दीप शर्मा, जंगपाना बुथ कमिटीका सभापति हेमकुमार देवान, सचिव बिमल गुरुङ, सब कमिटीका सभापति बिक्रम राई, सचिव किरण चामलिङ लगायत अजित राई, रुस्तम गुरुङ, सागर छेत्री उपस्थित थिए। जंगपाना चियाबारीमा अप्पर प्राइमेरी स्कुल वा जुनियर हाई स्कुल निर्माण गर्नलाई जीटीएले पहल गरिदिएकोमा जीटीए चेयरम्यान अनित थापालाई सम्पूर्ण गाउँलेहरूको पक्षमा सागर गुरुङले धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *