जंगपानावासीलाई नयाँ वर्षको उपहार सड़क र स्टिल ब्रिज

खरसाङ: जीटीए चेयरम्यान अनित थापाले नयाँ वर्षको पहिलो दिन खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको जंगपाना चियाबारीमा सड़क र स्टिल ब्रिजको संयुक्त रूपमा उदघाटन गरे। महानदीदेखि जंगपानासम्म पुग्ने सड़कको साथै  महानदी र जंगपानालाई जोड़ने महानदी खोलामा बनिएको स्टिल ब्रिजको संयुक्त रूपमा विदिवत् उदघाटन गरेर जंगपानावासीलाई नयाँ वर्षको उपहार दिए। महानदीदेखि लगभग 3 किलोमीटरको सड़क निर्माणको पनि तिनले उदघाटन गरे। यस उदघाटन कार्यक्रममा जीटीए चेयरम्यान अनित थापा, मुख्य सचिव सुरेन्द्र गुप्ता लगायत जीटीए बीओए सदस्या अनु प्रधान, गोजमुमो खरसाङ महकुमा सभापति किशोर थापा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *