‘जनगर्जन सभा’-लाई सफल बनाउन फुलबारीमा आईएनटीटीयुसी-को रैली तथा सभा

फुलबारी : आगामी 10 मार्चको दिन ब्रिगेडमा तृणमूलको जनगर्जन सभा’-लाई सफल तुल्याउने उद्देश्य लिएर आईएनटीटीयुसी-द्वारा फुलबारीमा आज रैली तथा सभाको आयोजना गरियो। तृणमूल कङ्ग्रेसको श्रमिक संगठन आईएनटीटीयुसीको डाबग्राम फुलबारी ब्लक कमिटीको पहलमा उक्त रैली तथा सभाको आयोजना गरिएको हो। फुलबारी बटालियन मोडबाट फुलबारीसम्म एउटा रैली निकालिइयो। डाबग्राम फुलबारीको विभिन्न इलाकाका धेरैजना कार्यकर्त तथा समर्थकहरूले उक्त रैलीमा अंश ग्रहण गरेका थिए। रैली समापन गरेपछि फुलबारी मोडमा एउटा सभाको आयोजना गरियो। उक्त सभामा आईएनटीटीयु-का जिल्ला अध्यक्ष तपन दे, डाबग्राम फुलबारी ब्लक अध्यक्ष देवाशीष प्रमाणिक, आईएनटीटीयुसी-को डाबग्राम फुलबारी ब्लक अध्यक्ष सुकान्त कर, किसान खेत मजदुर जिल्ला अध्यक्ष दुलाल देवनाथ, अञ्चल सभापति रबिउल करिम लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetJOJO BETgrandpashabetbahsegel girişcasino siteleribets10casibomcasibom girişcasibom giriscasibomonwin