जनजाति विषयलाई लिएर गोरामुमो-को जागरुक कार्यक्रम जारी

सोनादा : गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनजाति विषय लिएर जनतालाई जागरुक गराउने कार्य गर्दै जनता माझ पर्चा वितरण कार्यलाई जारी छ।  यसै क्रममा रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत समष्टिका गोरायुमो अध्यक्ष बिकास सुब्बाको अगुवाईमा सोनादा ग्यारेज लाइनदेखि कोठीधुरा रंगबुकसम्म जनताको घर दैलो पुगेर जनजातिको औचित्य बुझाउँदै पर्चा वितरण गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। समष्टि गोरायुमो सचिव प्रनित थापाले एउटा विज्ञप्ति जारी गरेर लिम्बू र तामाङले जनजातिको दर्जा प्राप्त गरेपछि दार्जिलिङ पहाडमा बस्ने सम्पूर्ण गोर्खा जाति हुन् भनी जनाए। सन् 1931 को जनगणना अनुरुप गोर्खाहरूको छुट्टिएको सम्पूर्ण जात-उपजातलाई जनजातिको दर्जा दिनुपर्छ भनेर 2005 मा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले त्यसताकका केन्द्रीय मन्त्रीलाई पत्राचार गरेर जनाएका थिए। पहाडमा मुद्दा चोर्ने पार्टीहरू धेरै छन् तर जनजाति विषय लिएर सुवास घिसिङले पहिलाबाट नै कार्य गरिसकेका छन्। यसकारण अध्यक्ष मन घिसिङको निर्देशनमा पहाडभरि जनतालाई जनजाति विषय लिएर जागरुक गराउने कार्य भइरहेको छ। केन्द्र सरकारले पनि यस विषयलाई लिएर चाँडै नै निर्णय गरेर न्याय दिनेछ भन्ने कुरामा आफूहरू विश्वस्त रहेको प्रनित थापाले विज्ञप्तिमार्फत् जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *