जन्मदिनको अवसरमा रक्तदान शिविरको आयोजना

राजगञ्ज : राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत आकरीगछ इलाका निवासी रजनी खातुनले जन्मदिनको अवसरमा आज रक्तदान शिविरको आयोजना गरिन्। रजनी खातुनले आज आफ्नो 23औँ जन्मदिनको उपलक्ष्यमा राजगञ्जको जरीफन नेछा फाउन्डेशनको सञ्चालनमा तथा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको सहयोगमा गन्डार मोड़ इलाकामा उक्त रक्तदान शिविरको आयोजना गरियो। यस शिविरमा इलाकाका युवा तथा महिलाहरूले रक्तदान गरे भने शिविरमा संग्रहित गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ। उक्त शिविरमा रक्तदान गर्ने मानिसहरूलाई रुखको विरुवा प्रदान गरियो। यस सम्बन्धमा रजनी खातुनले आफूलाई सानैदेखि रक्तदान शिविरको आयोजना गर्ने इच्छा रहेकोले आज आफ्नो 23औँ जन्म दिनको अवसरमा रक्तदान शिविरको आयोजना गर्न पाएकोमा धेरै खुसी छु भनी बताइन्। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, दार्जिलिङ जिल्ला लीगल एड फोरमका महासचिव अमित सरकार, फाउन्डेशनका अध्यक्ष अनारुल हक, सचिव मिजानुर करीम लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *