जन्मदिनमा कञ्चनजङ्घा उद्धार केन्द्रको सहयोगमा खिचड़ी वितरण

मिरिक : पानीघट्टा क्षेत्रमा आफ्नो जन्मदिनमा गरीब वृद्ध-वृद्धा तथा बाल-बालिकाहरुलाई खाना खुवाउने प्रचलनले राम्रो सामाजिक सेवाको आधार तयार गरिरहेको छ । कञ्चनजङ्घा उद्धार केन्द्रले प्रत्येक शनिबार च्याँगा पानीघट्टा ग्राम पञ्चायत (सीपीजीपी) क्षेत्रमा खाना वितरण अभियान शुरु गरेपछि क्षेत्रका मानिसहरुले आफ्नो जन्मदिनमा खाना उपलब्ध गराउन कञ्चनजङ्घा उद्धार केन्द्रलाई सहयोग गरिरहेका छन् । आज शनिबार पानीघट्टाको गिरमिट लाइनमा कञ्चनजङ्घा उद्धार केन्द्रको सहयोगमा पानीघट्टाका सागर प्रसादले आफ्नो जन्मदिनमा मानिसहरूलाई खिचडी वितरण गरे। यसबारे जानकारी दिँदै कञ्चन जङ्घा उद्धार केन्द्रकी रङ्गु सौरियाले सागर प्रसादलाई तिनको जन्मदिनको लागि बधाई दिँदै आभार प्रकट गरिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *