जनमुक्ति कोभिड वरियरद्वारा बानरहाटमा सेनिटाइज

बानरहाट: जनमुक्ति कोभिड वरियर मध्य डुवर्सको 10 जनाको एउटा टोलीले आज बानरहाट प्राथमिक स्वस्थ्य केन्द्र अस्पतालको भित्र अनि बाहिर सेनिटाइजर गऱ्यो। यसको साथै अस्पताल नजिकका औषधि पसल,डाक्टर ल्याब डायगिनेस्टिक संजीवनी केन्द्र, बानरहाट थाना, पञ्चायत कार्यालय,विभिन्न ब्याङ्क साथै अन्य भीडभाड हुने ठाउँहरूमा पनि उक्त टोलीले सेनिटाइज गर्दै मास्क नलगाउने व्यक्तिहरूलाई मास्क लगाउनुको कारणबारे अवगत गराउँदै निःशुल्क मास्क पनि वितरण गरे। यस अवसरमा समाजसेवी तथा जनमुक्ति युवा मोर्चा मध्य डुवर्सका सभापति सुरज प्रधानले बताए अनुसारगोर्खा जनमुक्ति युवा मोर्चाको तत्वावधानमा मध्य डुवर्स क्षेत्रभरिकै युवाहरुको एउटा टोली जनमुक्ति कोभिड वरियर बनाएर हिजोदेखि मध्य डुवर्स क्षेत्रभरिनै सेनिटाइज अभियान शुरू गरेको छौ। यस अभियान अवधि गरीब परिवारहरूलाई खाद्य सामाग्रीहरू पनि वितरण गरिने साथै दुर्भाग्यवश कुनै पनि परिवारका सदस्य कोरोना सङ्क्रमणले मृत्यु भएको थाहा पाए परिवारका सदस्यहरूलाई पार्थिव शरीरको दर्शन गर्न निःशुल्क पीपीई किट्सको व्यवस्था गरिदिने सुरज प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *