जनसभा स्थलको मन्त्री अरूप विश्वासद्वारा परिभ्रमण

सिलगढी : एनआरसी, सीएए र एनपीआर-को विरोधमा भोलि सिलगढीमा मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा महाजुलूसको आयोजना गरिने भएको छ। उक्त महाजुलूस शुरू हुनअघि मुख्यमन्त्री ममता ब्यानर्जीले मल्लागढीको होटल मैनाक छेउमा एउटा सभालाई सम्बोधन गर्ने भएकी छन्। सभास्थलको तयारी हाल जोड़तोडले चलिरहेको छ। यसैले मन्त्री अरूप विश्वासले आज उक्त सभास्थलको परिभ्रमण गरे। भोलि हुने तृणमूलको महाजुलूसमा लगभग डेढ लाख मानिसहरूको उपस्थिति रहने मन्त्री अरूप विश्वासले बताए। उक्त महाजुलूसको कारण हुने जामको समस्याको समाधान गर्नको लागि पुलिस बल तत्पर रहेको तिनले बताए। उक्त महाजुलूस अपरान्हको समय निकालिइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *