जनता कर्फ्यू-लाई मिरिक चालक संगठनको समर्थन

मिरिक : विश्वको विभिन्न देशहरूसहित भारतमा पनि बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै यता मिरिकको सागरमाथा ट्याक्सी ड्राइभर्स एसोसिएसन एन्ड मिरिक लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएसनले 22 मार्चको दिन हुने जनता कर्फ्यूलाई समर्थन जनाएको छ। उक्त दिन मिरिकको सबै वाहनहरू पूर्ण रूपले बन्द रहने भएको छ। यसबारे आज पत्रकार सम्मेलनको आयोजना गरेर ट्याक्सी ड्राइभर एसोसिएसनका सचिव सोनाम लामाले मिरिकमा पत्रकारहरूलाई जानकारी गराएका छन्। तिनले समाजमा सबैको आआफ्नै सामाजिक दायित्व रहेको बताउँदै देशका प्रधानमन्त्री नरेन्द्र मोदीको उक्त जनता कर्फ्यूको अपील सबैले पालन गरिदिने आहवान गरेका छन्। तिनले उक्त जनता कर्फ्यूको दिन बिहान 7 बजीदेखि बेलुकी 9 बजीसम्म सबैलाई आआफ्नो घरभित्र बसिदिने अपील गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट आफू पनि बाचौँ अनि अरूलाई पनि बचाऊँ भन्ने सन्देश दिएका छन्। स्मरण रहोस्,  कोरोना भाइरसको सङ्क्रमणलाई रोक्नको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अर्थात् 22 मार्चको दिन बिहान 7 बजीदेखि बेलुकी 9 बजीसम्म सम्पूर्ण देशभरि जनता कर्फ्यूपालन गर्ने देशवासीलाई निर्देश दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *