जनतालाई न्याय दिनु अनि सुरक्षा सुनिश्चित गर्नु पुलिसको परम कर्तव्य : गौरव शर्मा

सिलगढी: शहरवासीहरूलाई न्याय और सुरक्षा सुनिश्चित गर्नको लागि सिलगढी मेट्रोपोलिटन पुलिस सधैं तयार रहेको कुरा आज ‘सेफ ड्राइभ सेभ लाइफ’-कार्यक्रममा अंश ग्रहण गर्न आइपुगेका सिलगढी पुलिस कमिश्नर गौरव शर्माले बताए। स्मरण रहोस, सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट ‘सेफ ड्राइभ सेभ लाइफ’ अभियान अन्तर्गत प्रत्येक शनिवार विभिन्न प्रकारले जागरूकता मूलक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। यसै कार्यक्रम अनुसार आज बाघडुग्रा ट्राफिक गार्ड अन्तर्गत सिटी सेन्टर ट्राफिक पोइन्ट नजिक जागरूकता अभियान कार्यक्रमको आयोजना गरियो। यस अभियान अवधि डुवर्स ह्यूमन केयर सोसाइटीको सहयोगितामा आवश्यमन्द मानिसहरूको लागि नि:शुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। यस अवसरमा सिलगढी पुलिस कमिश्नर गौरव शर्माको बाहुलीबाट आवश्यकमन्द मानिसहरूलाई न्यानो लुगा-फाटाहरू वितरण गरियो। यस अवधि पुलिस कमिश्नर गौरव शर्माले भने, जनतालाई न्याय दिलाउन अनि सुरक्षा सुनिश्चित गर्नको लागि सिलगढी मेट्रोपोलिटन पुलिस हरेक पल तयार छ। यसैगरी, सेफ ड्राइभ सेभ लाइफ अभियान मार्फत लगातार मानिसहरूमा जागरूकता पुऱ्याउने प्रयास गरिँदैछ।पुलिसको यस जागरूकता अभियानमा साधरण मानिसहरूले पनि सहयोग गर्न आवश्यक छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *