जाप युवा प्रवक्ता विशाल राई गोजमुमो विनयपन्थीमा सामेल

खरसाङ : जन आन्दोलन पार्टी (जाप)-को युवा एकाईका प्रवक्ता विशाल राई ‘टिस्टे’-ले आफ्नो पार्टी त्यागेर विनयपन्थी गोजमुमोमा सामेल भएका छन्। आज खरसाङमा सम्पन्न जनसभामा तिनी विनय खेमामा सामेल भए। खरसाङमा हालै बिमल खेमाको विराट जनसभालाई काउन्टर दिँदै आयोजना गरिएको विनय-अनित खेमाको जनसभामा जाप त्यागेर गोजमुमोमा सामेल हुने विशाल राईलाई पार्टीका महासचिव अनित थापाले झण्डा प्रदान गर्दै आफ्नो पार्टीमा स्वागत जनाए। स्मरण रहोस्, दुई दिन अघि मात्र तकदाह-ग्लेनवन समष्टिमा सम्पन्न भएको विनयपन्थी गोजमुमो एउटा कार्यक्रममा मञ्चमा विशाल राईलाई देखिएपछि नै तिनी विनयपन्थी गोजमुमोमा सामेल हुने सबैले अड्कल काटेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *