जर्जर अवस्थामा रहेको सडकको मरमतिको मागमा स्थानीय मानिसहरूद्वारा सडक अवरोध गरेर विरोध प्रदर्शन

सिलगढी :  धेरै समय अघिदेखि सिलगढी संलग्न गोरामोड़ नावापाड़ादेखि क्यानाल रोडसम्म लगभग 3 किलोमीटर सड़क जर्जर अवस्थामा रहेको छ। उक्त जर्जर सड़कको मरमति गरिने माग गर्दै स्थानीय मानिसहरूले आज पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। उक्त सड़क भएर प्रतिदिन हजारौँको संख्यामा मालवाहक वाहनहरू आवाजाही गर्ने गर्दछ। उक्त सड़कको निर्माण एसजेडीए-ले 6 वर्ष अघि गरेको थियो भने यसको केही दिनमै सड़कमा ठुल्ठुला खाल्डोहरू भएकोले प्रायःजसो दुर्घटना हुने गर्दछ। एकातिर वर्षाको मौसममा सडकमा पानी जम्ने गर्दछ भने अर्कोतिर सड़कमा धुलो उड्ने गरेकोले स्थानीय मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसैले तिनीहरूले धेरैपल्ट एसजेडीए कार्यालयमा गएर उक्त सड़कको मरमति गर्ने माग गर्दै आइरहे तापनि प्रबन्धनको तर्फबाट कुनै पहल नगरेको बताइएको छ। अन्ततः बाध्य भएर स्थानीय मानिसहरूले आज सड़क जाम गरे विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई आश्वासन दिएपछि उक्त पथ अवरोध हटाइयो। अर्कोतिर, स्थानीय मानिसहरूले केही दिनको अवधिमा उक्त सड़कको मरमति नगरेको खण्डमा बृहद आन्दोलन गर्ने चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *