जर्जर सडकको मरमति गरिदिने माग गर्दै भाजपा-द्वारा विरोध प्रदर्शन

सिलगढी (निसं): जर्जर सडकको मरमति गरिदिने माग गर्दै आज स्थानीय मानिसहरू लगायत भाजपाको 8 नम्बर मण्डल कमिटीद्वारा विरोध प्रदर्शन गरियो। सिलगढीको 42 नम्बर वार्डसित नगरनिगमले सौतेला व्यवहार गरिरहेको भाजपाले आरोप लगाए। सिलगढी नगरनिगमको 42 नम्बर वार्ड सालुगढाको एक्तियासाल जुनियर हाई स्कुल अघिको सडक धेरै समय अघिदेखि जर्जर अवस्थामा रहेकोले मानिसहरूलाई उक्त सडक भएर आवत-जावत गर्न निक्कै असुविधा भइरहेको छ। आपातकालीन परिस्थितिमा एम्बुलेन्सले पनि उक्त सडक भएर रोगीलाई लैजान मान्दैन। सडकको बेहाल अवस्थाबारे बारम्बार स्थानीय जनप्रतिनिधिलाई अवगत गराए तापनि कुनै पहल गरेको छैन। यसैले आज बाध्य भएर स्थानीय मानिसहरू लगायत भाजपाको 8 नम्बर मण्डल कमिटीले चाँडोभन्दा चाँडो सडकको मरमति गरिदिने माग गर्दै आज विरोध प्रदर्शन गर्यो।  स्थानीय मानिसहरूले बताएअनुसार चुनाउको समयमा विभिन्न राजनीतिक पार्टीका नेताहरूले विविध वाचाहरू गरे तापनि हाल चुनाउपछि सबै वाचाहरू भुलेका छन्। जर्जर सडकको मरमति गरिदिने माग गर्दै धेरैपल्ट सिलगढी नगरनिगम बोर्ड, स्थानीय वार्ड पार्षद सहित अन्य जनप्रतिनिधिलाई ज्ञापन समेत चढाइसके तापनि हालसम्म सडकको मरमति भएको छैन। चाँडै उक्त सडकको मरमति नगरेको खण्डमा आगामी दिनमा वृहद आन्दोलन गर्ने प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्। अर्कोतिर, 8 नम्बर मण्डलका जनरल सेक्रेटरी रूपेश सिंहले भने, सिलगढी नगरनिगमको बोर्ड गठन भएको एक वर्षभन्दा अधिक समय भइसकेको छ। उक्त वार्डमा साफ-सफाईको व्यवस्था केवल नाम मात्रको लागि छ। सडकको अवस्था अति नै दयनीय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes