जर्जर सड़कको मरमति गरिदिने माग गर्दै गाउँलेहरूद्वारा सडक अवरोध गरेर विरोध प्रदर्शन

राजगञ्ज : राजगञ्ज पोस्ट अफिसदेखि भोलापाड़ा हुँदै चाउलहाटीसम्मको लगभग साढ़े आठ किलोमीटर सड़कको मरमति गरिदिने माग गर्दै आज स्थानीय मानिसहरूले पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। स्थानीय मानिसहरूले आज सुभाषपल्ली इलाकाको सड़क जाम गरेर विरोध प्रदर्शन गरे। उक्त सड़क भएर दिनहुँदै हजारौँ मानिसहरू आवतजावत गर्ने गर्दछन्। लगभग 5 वर्षदेखि उक्त सड़क जर्जर अवस्थामा रहे तापनि हालसम्म यसको मरमति गरिएको छैन। यसैले आज स्थानीय मानिसहरूले उक्त सडकको मरमति गरिदिने माग गर्दै पथ अवरोध गरेर विरोध प्रदर्शन गरेको बताइएको छ। घटनाको खबर पाएर राजगञ्ज संयुक्त बीडीओ र राजगञ्ज पुलिस घटनास्थलमा पुगे। प्रशासनद्वारा एक सप्ताहको अवधि उक्त सड़कको मरमति कार्य शुरू गर्ने आश्वासन दिएपछि उक्त पथ अवरोध हटाइयो। स्थानीय मानिसहरूले बताएअनुसार धेरै वर्ष अघिदेखि उक्त सड़कको मरमतिको लागि टेन्डर पास भइसकेको छ। सड़क मरमतिको कार्य गरिने आश्वासन दिए तापनि हालसम्म यसको मरमति गरिएको छैन। सडक जर्जर अवस्थामा रहेकोले प्रायःजसो सडक दुर्घटना हुने गरेको साथै सड़क किनारमा रहेको घरहरू धुलोले ढाक्ने गर्दछ। यसैले गर्दा आज स्थानीय मानिसहरूले सडकको मरमति गरिदिने माग गर्दै पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। यस सम्बन्धमा सुखानी ग्राम पञ्चायत प्रधान सम्पा दत्तले भनिन्, लगभग 5 वर्षदेखि उक्त सड़क जर्जर अवस्थामा रहेको छ। यसको मरमतिको लागि धेरैपल्ट टेन्डर भरे तापनि विभिन्न कारणले गर्दा रद्द भएको तिनले बताइन्। तथापि, चुनाउ अघि नै सड़कको मरमति गरिने तिनले आश्वासन दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *