जर्जर सडकको मरमति गर्ने मागमा गाउँलेहरूद्वारा पथ अवरोध गरेर विरोध प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगमको 42 नम्बर वार्डको राय कोलनी मोड़ संलग्न प्रधानपाड़ा इलाका निवासीहरूले जर्जर सडकको मरमति गरिनुपर्ने माग गर्दै आज सड़क अवरोध गरेर विरोध प्रदर्शन गरे। स्थानीय युवाहरूको भनाइअनुसार वर्षाको समयमा सडक बेहाल अवस्थामा रहेकोले यसबारे प्रशासनलाई बारम्बार अवगत गराए तापनि हालसम्म कुनै पहल गरेको छैन। चुनाउको समयमा वाचा गर्ने सरकारले चुनाउमा जितेपछि केवल आश्वासन मात्र दिने गरेको तिनीहरूको आरोप रहेको छ। बेहाल अवस्थामा रहेको सडकको चाँडै मरमति गरिनुपर्ने माग गर्दै आज इलाकावासीहरूले विरोध प्रदर्शन गरेको बताइएको छ। घटनाको खबर पाएर भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेर स्थानीय युवाहरूलाई आश्वासन दिएपछि उक्त पथ अवरोध हटाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *