जर्जर सड़कको मरमतिको मागमा 35 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटी-द्वारा विरोध प्रदर्शन

सिलगढी : एनजेपी संलग्न सड़क मरमतिको मागमा सिलगढी नगरनिगमको 35 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीले विरोध प्रदर्शन गर्यो। एनजेपी संलग्न सड़कको अवस्था बेहाल रहेको साथै सड़कमा ठाउँ-ठाउँमा खाल्डो भएकोले यहाँ साना-ठुला दुर्घटनाहरू हुने गर्दछ। उक्त सड़कको मरमतिबारे धेरैपल्ट विभिन्न संगठनले रेलवे प्रबन्धनलाई जानकारी गराए तापनि कुनै पहल नगरेकोले गर्दा नै आज बाध्य भएर 35 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीले सड़क मरमतिको माग गर्दै आन्दोलन गरेको बताइएको छ। आज 35 नम्बर वार्ड को-अर्डिनेटर चन्द्रानी मण्डलको नेतृत्वमा रेलवे प्रबन्धनसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो।  यदि रेलवे प्रबन्धनले यसबारे कुनै पहल नगरे आगामी दिनमा आफूहरूद्वारा बृहद आन्दोलन गर्ने संगठनका सदस्यहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *