जाडोको मौसम शुरू हुनसाथ फुलबारी ब्यारेजमा प्रवासी पक्षीहरूको आगमन शुरू

राजगञ्ज : जाडोको मौसम शुरू हुनसाथ फुलबारी ब्यारेजमा प्रवासी पक्षीहरूको आगमन शुरू भएको छ। हाल, राजगञ्ज ब्लकको फुलबारी ब्यारेज संलग्न पश्चिम धनतलाको महानन्दा नदीमा विभिन्न प्रजातिका पक्षीहरूको आगमन भइसकेको छ। सिलगढीको एउटा परिवेशप्रेमी संस्था अप्टोपिकका सचिव सन्तु दत्तले बताएअनुसार जाडोको मौसम शुरू हुनसाथ फुलबारी ब्यारेज संलग्न पश्चिम धनतलाको महानन्दा नदीमा रूडी शेल्डक र रिभर ल्यापविङ लगायत विभिन्न प्रजातिका पक्षीहरू आगमन शुरू हुँदछ। यी पक्षीहरू मुख्य रूपमा मङ्गोलिया, तिब्बत, दक्षिण अफ्रिका, साइबेरिया लगायत अन्य देशहरूबाट जाडोको मौसममा यहाँ आउने गर्दछ भने जाडोको मौसम समाप्त हुनसाथ ती पक्षीहरू पुनः आफ्नो देश फर्किने गरेको तिनले बताए। यस वर्ष प्रवासी पक्षीहरूको संख्या अधिक बेसी हुने तिनले आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *